Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोल्पा जिप दुर्घटना अपडेट: ज्यान गुमाउनेमध्ये ७ जना एकै परिवारका

रोल्पा जिप दुर्घटना अपडेट: ज्यान गुमाउनेमध्ये ७ जना एकै परिवारका

शुक्रवार , बैशाख १८, २०८३

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा भएको जिप दुर्घटनामा एकै परिवारका ७ जनाले ज्यान गुमाएका छन् ।

बिहीबार दिउँसो रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्राको लागि जान लागेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप थबाङ गाउँपालिका १ जलजलास्थित सडकखण्डबाट ८०० मिटर तल भीरमा खसेको थियो ।

दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक रहेका छन् ।

ती मध्ये ७ जना रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका  दुई दाजुभाइका जहान परिवार रहेको खुलेको छ ।

जसमा दाजुको परिवारको छोरो, बुहारी, श्रीमती र नाती गरेर ४ जना र भाइको परिवारको श्रीमती, छोरी र छोरो रहेका छन् ।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा ९ जना दाङ ९ जना सिस्ने–५ टाकुराका र एक जना भूमे गाउँपालिका–५ का रहेका छन् ।

बिहीबार पानी परेकाले र रात परेपछि थप खोजबिन हुन नसकेपछि शुक्रबार बिहानैबाट सुरक्षाकर्मीसहितको पहलमा उद्धार गरेर अहिले थवाङतर्फ शव ल्याउन लागिएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार, मृतकहरूको नाम संकलन हुँदैछ ।

यस्तै हाम फालेर जोगिएका रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामीको भने उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077