रोल्पा। रोल्पाको थवाङस्थित जलजलामा भएको जिप दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्राको लागि जान लागेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप थबाङ गाउँपालिका १ जलजलास्थित सडकखण्डबाट भीरमा खसेको थियो ।
उक्त दुर्घटनामा परि १७ जनाको मृत्यु भएको हो । एक जना भने हाम फालेर जोगिएका छन् ।
जीप सडकबाट करिब ८०० मिटर तल खसेको छ ।
अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको छ।
जीपमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अझै खुलेको छैन ।
दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।