Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री शाहसँगको छलफलमा एमालेका सांसद जाँदा हर्कले गरे बहिष्कार

प्रधानमन्त्री शाहसँगको छलफलमा एमालेका सांसद जाँदा हर्कले गरे बहिष्कार

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल जारी छ । 

उक्त छलफलमा नेकपा एमालेका सांसदहरू सुहाङ नेम्बाङ, राजेन्द्रकुमार राईलगायत राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेसका सांसदहरू सहभागी छन् ।

प्रतिनिधिसभाका सदस्यहरूसँगको उक्त छलफलमा प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो ।

तर श्रमसंस्कृत पार्टीका अध्यक्ष हर्कराज साम्पाङसहितका सांसदहरू भने सहभागी भएका छैनन् ।

शाहले बोलाएको काठे बैठकमा यसअघि नै श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सहभागी नहुने बताएका थिए ।

हर्कले प्रतिनिधिसभाको बैठक बाहेक कुनै पनि कोठाभित्र हुने अनौपचारिक बैठकमा आफू लगायत आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने बताएका छन् ।

'प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाह भएन । हामी कोठे बैठकमा आउँदैनौँ। सदनको बैठक बोलाउनु पर्‍यो । हप्ताको १ चोटि कम्तीमा राख्नुपर्छ बैठक । जनताको प्रश्नहरुदेखि भाग्न पाइँदैन । सबै प्रश्नका उत्तर दिनै पर्छ सरकारले !। जय लोकतन्त्र,' उनले भनेका छन् ।

यस्तै प्रधानमन्त्री बालेनले सबै सांसदहरूसंग त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका छन् ।

छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेका अनुसार, सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077