Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोसी र कर्णाली प्रदेशका सांसदसँग छलफलमा प्रधानमन्त्री शाह

कोसी र कर्णाली प्रदेशका सांसदसँग छलफलमा प्रधानमन्त्री शाह

सोमवार , चैत्र १६, २०८२

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कोसी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शाह सबै दलका सांसदहरूसँग छलफलमा जुटेका हुन्।

बालेनको सचिवालयका अनुसार अहिले कोसी र कर्णाली प्रदेशका सबै दलबाट निर्वाचित सांसदसँग प्रधानमन्त्रीको छलफल चलिरहेको छ।

“कोसी र कर्णाली प्रदेशका सबै दलबाट निर्वाचित सांसदसँग प्रधानमन्त्रीको छलफल चलिरहेको छ । चरणबद्ध रूपमा सबै प्रदेशका सांसदसँग प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ,” सचिवालय स्रोतले भन्यो । 

आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ। यसैगरी आइतबार प्रधानमन्त्री बालेनले मन्त्रीहरूसँग छलफल गरेका थिए।

आजै मध्यान्ह ४ बजे बालेन नेतृत्वको दोस्रो मन्त्रिपरिषद् बैठक बस्दै छ। नवगठित सरकारको दोस्रो बैठक भएकाले नीति तथा प्राथमिकता निर्धारण, प्रशासनिक निर्णय र समसामयिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077