Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री बालेनले बोलाए दोस्रो मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेनले बोलाए दोस्रो मन्त्रिपरिषद् बैठक

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहले सोमबार दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् ।

यो बालेन नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद् बैठक हो । उनी चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि सोही दिन पहिलो बैठक बसेको थियो।

यसअघि पनि नेपालका सरकारहरूले हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने अभ्यास गर्दै आएका थिए। सोही परम्परालाई निरन्तरता दिँदै नयाँ सरकारले पनि सोमबारकै दिन बैठक बोलाएको देखिन्छ।

नवगठित सरकारको दोस्रो बैठक भएकाले नीति तथा प्राथमिकता निर्धारण, प्रशासनिक निर्णय र समसामयिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

सरकारले पछिल्ला दिनहरूमा विभिन्न पुराना फाइलहरू खोल्ने तथा सुशासनसँग सम्बन्धित मुद्दामा सक्रियता देखाइरहेको सन्दर्भमा आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077