काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले विजयी सुरुवात गरेको छ ।
घरेलु मैदान वानखेडेमा हिजो भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको हो ।
कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईका रायन रिकेल्टनले ८१ र रोहित शर्माले ७८ रन बनाए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२० रन बनाएको थियो । उसका अजिंक्य रहाणेले सर्वाधिक ६७ र अंगकृष रघुवंशीले ५१ रन बनाए । मुम्बईका शार्दुल ठाकुरले ३ विकेट लिए ।
आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्सले खेल्दैछन् ।