Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणपछि नेपाल प्रहरीको २ नम्बर गणमा राखिने

पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणपछि नेपाल प्रहरीको २ नम्बर गणमा राखिने

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।

काठमाडौं प्रहरी परिसर भद्रकालीमा रहेका ओलीको स्वास्थ्य अवस्था ख्याल गरेर त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ । अब उनलाई २ नम्बर गणमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो ।

शनिबार बिहान सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई पक्राउ गरिएको थियो ।

नयाँ सरकार बनेलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077