Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्ना सांसदहरुलाई आज अभिमुखीकरण गराउँदै कांग्रेस

आफ्ना सांसदहरुलाई आज अभिमुखीकरण गराउँदै कांग्रेस

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूको लागि ‘संसदीय सचेतना’ कार्यक्रम आयोजना गर्न लागेको छ।

पार्टीका तर्फबाट संसदमा अभ्यास, प्रक्रिया, प्राथमिकता र पार्टीको प्रतिज्ञापत्रबारे नवनिर्वाचित सांसदहरूलाई बुझाउन यस प्रशिक्षण कार्यक्रम राखिएको हो।

महामन्त्री प्रदीप पौडेल ले जानकारी दिएका अनुसार, यो कार्यक्रम शनिबार बिहान ११ बजे ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सुरु हुनेछ।

कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी हुनेछन्। सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, साथै महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सांसदहरूलाई संसदीय अभ्यासबारे प्रशिक्षण दिनेछन्।

साथै, संसदीय मामिलाका विज्ञहरू राधेश्याम खतिवडा र मुकुन्द शर्मा लाई कार्यक्रमका लागि आमन्त्रण गरिएको छ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् भने राष्ट्रियसभामा नौ जना नवनिर्वाचित सांसद छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077