Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्मचारीलाई रास्वपाले भन्यो - दलको प्रभावमा नपरी जनताको सेवामा समर्पित हुनू

कर्मचारीलाई रास्वपाले भन्यो - दलको प्रभावमा नपरी जनताको सेवामा समर्पित हुनू

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक प्रभावबाट टाढा रहँदै पूर्ण तटस्थताका साथ जनताको सेवामा समर्पित हुन कडा सन्देश दिएको छ।

पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी ले जारी गरेको विज्ञप्तिमा प्रशासनमा दलीय हस्तक्षेप, त्रास र दबाबको संस्कृति अन्त्य गर्नुपर्ने स्पष्ट चेतावनी दिइएको हो।

विज्ञप्तिमा भनिएको छ—'निजामती सेवाभित्र विभिन्न नाममा समूह वा अभियान चलाएर पार्टी र नेतृत्वको नाम जोड्ने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता गतिविधिसँग रास्वपाको कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै भ्रममा नपर्न आग्रह गरिएको छ।'

रास्वपाले सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने आफ्नो मूल नीति पुनः दोहोर्याउँदै ‘मेरिटोक्रेसी’का आधारमा निजामती सेवा सञ्चालन हुनुपर्नेमा जोड दिएको छ।

'कर्मचारीको एक मात्र धर्म जनसेवा र पहिचान व्यावसायिकता हो,'विज्ञप्तिमा उल्लेख गर्दै कुनै पनि दल वा शक्ति केन्द्रको नाममा प्रशासन प्रभावित पार्ने काम पार्टीको सिद्धान्तविपरीत भएको जनाइएको छ।

रास्वपाले विगतमा जस्तै प्रशासनलाई थर्काउने, डर–त्रास सिर्जना गर्ने तथा दलीय आडमा काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई निष्पक्ष, जिम्मेवार र जनमुखी सेवा प्रवाहमा केन्द्रित हुन अपिल गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077