काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र शाहलाई देशका प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शाहीले बालेनको आगमनसँगै देशमा नयाँ आशा पलाएको बताएका छन् । भ्रष्टाचारविरुद्ध आफूले लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले अबको नेतृत्वले दोषीलाई कानुनी कठघरामा उभ्याउने विश्वास व्यक्त गरेका छन्।
शाहीले वि.सं. २०७६ जेठ १५ र असोज ११ गते सुर्खेत र चितवनमा आफूमाथि भएको साङ्घातिक आक्रमणको स्मरण गर्दै भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण ज्यान जोखिममा परेको बताएका छन्।
'सांसदका रूपमा साढे दुई वर्षसम्म भ्रष्टाचारविरुद्ध चिच्याउँदा घाँटी दुख्यो, तर कार्यान्वयन भएन। अब भने आशा जागेको छ,' उनले उल्लेख गरेका छन्।
उनले नयाँ प्रधानमन्त्रीलाई विगतका ठूला घोटाला र अनियमितताहरूको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।
शाहीले छानबिन माग गरेका प्रमुख २२ काण्डहरू :