Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन शाहको सुरक्षामा पीएसओ खटाइयो

बालेन शाहको सुरक्षामा पीएसओ खटाइयो

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको सुरक्षामा व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) खटाइएको छ।

प्रहरी प्रधान कार्यालयले बुधबारदेखि सई दर्जाका प्रहरीलाई उनको सुरक्षामा खटाएको  हो ।

बालेनको बढ्दो राजनीतिक भूमिका, सुरक्षा जोखिम तथा सम्भावित प्रधानमन्त्रीको हैसियतलाई ध्यानमा राख्दै पीएसओ उपलब्ध गराइएको प्रहरी स्रोतले बतायो ।

यसअघि निर्वाचनका बेला पनि उनलाई सुरक्षा दिने प्रस्ताव गरिएको भए पनि उनले आवश्यक नभएको भन्दै अस्वीकार गरेका थिए।

अब भने प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनको सुरक्षामा डिएसपी स्तरको पीएसओ खटिनेछ।

बिहीबार सिंहदरबारस्थित संसद् भवनमा सपथका लागि जाँदा शाह पीएसओसहित पुगेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077