Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलन प्रतिवेदनप्रति कांग्रेसको आपत्ति, भन्यो - अपूर्ण, अधुरो र एकपक्षीय

जेनजी आन्दोलन प्रतिवेदनप्रति कांग्रेसको आपत्ति, भन्यो - अपूर्ण, अधुरो र एकपक्षीय

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई प्रथम दृष्टिमै अपूर्ण अधुरो भएको टिप्पणी गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले आयोगको प्रतिवेदनले घटनाक्रमको पूर्ण र सन्तुलित चित्र प्रस्तुत गर्न नसकेको बताएका हुन्।

उनका अनुसार प्रतिवेदनले भदौ २३ गतेका घटनाबारे केही हदसम्म प्रकाश पार्ने प्रयास गरे पनि २४ गते भएका संवेदनशील घटनाहरूलाई स्पष्ट रूपमा समेट्न असफल भएको देखिएको छ। 'प्रतिवेदनले समग्र सत्य उजागर गरेको अनुभूति हुँदैन, कतिपय महत्वपूर्ण पक्षहरू छुटेका छन्,' चालिसेले भने।

कांग्रेसले प्रतिवेदनलाई गम्भीर रूपमा लिँदै विस्तृत अध्ययनपछि मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने जनाएको छ। यसका लागि कानुनविद्, प्रशासनिक विज्ञ, जेनजी आन्दोलनका अभियन्ता तथा अन्य विषय विज्ञहरू सम्मिलित एक अध्ययन समिति गठन गरिने चालिसेले जानकारी दिए।

उनले उक्त समितिको अध्ययनपछि मात्रै जाँचबुझ आयोग र मानव अधिकार आयोगका प्रतिवेदनबारे पार्टीको स्पष्ट धारणा सार्वजनिक गरिने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077