Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेको मुद्दा चौँथो पटक पनि हेर्दाहेर्दैमा

रवि लामिछानेको मुद्दा चौँथो पटक पनि हेर्दाहेर्दैमा

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं। सर्वोच्च अदालतले रवि लामिछाने सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग संशोधन सम्बन्धी महान्यायाधीवक्ताको निर्णयको विषयमा सुनुवाई नसकिएपछि बिहिबार पनि हेर्दाहेर्दैमा राखेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले हेर्दाहेर्दैमा राखेको हो।

यसअघि पनि यो रिटमा मंगलबार बहस नसकिएपछि आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। आज रिट निवेदकका तर्फबाट बहस भएको थियो। यस रिटमा दुई सातादेखि लगातार सुनुवाइ हुँदै आएको छ।

महान्यायाधीवक्ता सविता भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा रवि लामिछानेका विभिन्न जिल्ला अदालतमा रहेका मुद्दामा सम्पत्ति संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग संशोधनका लागि निर्णय गरेकी थिइन्।

महान्यायाधीवक्ताको निर्णय असंवैधानिक भएको दाबी गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र युवराज पोडेलले ४ माघमा छुट्टाछुट्टे रिट निवेदन दर्ता गरेका थिए।

महान्यायाधीवक्ता कार्यालयभित्र अन्य सरकारी वकीलले अभियोग संशोधन गर्न नसकिने सुझाव दिँदादिँदै महान्यायाधीवक्ता भण्डारीले एकल निर्णयमा सम्बन्धित जिल्ला सरकारी वकीलको कार्यालयमा लामिछानेको अभियोग संशोधनका लागि पत्राचार गरेकी थिइन् । लामिछानेसँग सम्बन्धित अभियोग संशोधन गर्ने विषयमा जिल्ला अदालतहरुले सर्वोच्च अदालतको निर्णय कुरेर बसेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077