Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

बुधवार , चैत्र ११, २०८२

हेटौँडा । मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । 

जिल्लाको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित कान्ति लोकपथ सडकमा बुधबार आज बिहान भएको दुर्घटनामा वीरगन्ज महानगरपालिका-३२ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्जबाट एरियल कम्पनीको सरफ लोड गरी काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक  एक खाली घरमा ठक्कर खाई सडकबाट करिब १५० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा परेर यादवको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा ट्रक चालक वीरगन्ज–३२ का ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । 

उनको हेटौडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077