Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा ट्रक र स्कार्पिओ ठोक्किँदा ८ जना घाइते

सर्लाहीमा ट्रक र स्कार्पिओ ठोक्किँदा ८ जना घाइते

बिहिवार , जेठ ७, २०८३

सर्लाही । सर्लाहीमा ट्रक र स्कार्पिओ एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–४ मा प्रदेश २–०३–००१ क १३७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डीएल ४ सीएनबी ६२०० नम्बरको भारतीय स्कारपियो आपसमा ठोक्किँदा स्कार्पिओमा सवार ८ जना घाइते भएका हुन्।  

घाइते हुनेमा स्कारपियो चालक कविलासी नगरपालिका ८ का ५७ वर्षीय जयपाल राय, ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर बस्ने ५८ वर्षीय शिवशङ्कर हलुवाइ, उनकी श्रीमती ५७ वर्षीया पुनम देवी, छोरा ३४ वर्षीय सोनुप्रसाद, सोनुकी श्रीमती ३३ वर्षीया अञ्जली देवी, सोनुका छोरा नौ वर्षका कन्हैया र पाँच वर्षका किसन, शिवशङ्करका अर्का छोरा ३० वर्षीय मनोज हलुवाई रहेका छन्। 

घाइते हुने चालक बाहेकका सात जना एकै परिवारका सदस्य भएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। 

प्रहरीका अनुसार घाइतेहरुको बागमती मोडेल अस्पताल कर्मैयामा उपचार भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077