Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनसरीमा मार्बल बोकेको ट्रक पल्टियो, ५ जनाको मृत्यु

सुनसरीमा मार्बल बोकेको ट्रक पल्टियो, ५ जनाको मृत्यु

बिहिवार , माघ १, २०८२

सुनसरी । सुनसरी भोक्राह नरसिंह गाउँपालिकाको सोनियापट्टीमा आज बिहान ट्रक पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अन्य तीन जना घाइते छन् ।

विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै राजविराज जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा सुनसरी बर्जु वडा नं. १ का ३२ वर्षे बिरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षे बह्मदेव गुरुङ, ५० वर्षे टेकबहादुर गुरुङ, २८ वर्षे निसु गुरुङ र ५५ वर्षे चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो ।

ट्रकको अगाडिको क्याविनमा चालकसहित चार जना र पछाडि पाँच जना रहेकोमा लोड गरिएको मार्बलले किचेर पाँचै जनाको मृत्यु भएको डिएसपी चन्द्र खड्काले बताए।

उनका अनुसार अगाडि क्याविनमा बसेका तीन जना घाइतेको विराटनगरमा उपचार भइरहेको छ भने चालक फरार रहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077