Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

शनिवार , फाल्गुण २, २०८२

ललितपुर । ललितपुरको महाङ्काल र कोन्ज्योसोम गाउँपालिकाको सिमाना चौघरे बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

लेलेबाट कालेश्वर मन्दिरमा त्रिशुल चढाउन जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रक चालक ललितपुरको गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा रहेका त्यही ठाउँका गाडीधनी ४२ वर्षीय गणेश थापाको मृत्यु गएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ट्रकमा रहेका अरु दुई पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको बताइएको छ ।

अस्पतालमा ज्यान गुमाउनेको परिचय खुल्न बाँकी नै रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077