काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
कार्यवाहक मुख्यसचिव दुलालका अनुसार मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा जारी बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल चलिरहेको छ।
मंगलबार कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा सुरु भएको बैठकमा महामन्त्री प्रदीप पौडेलले ११ प्रस्ताव प्रस्तुत गरेका थिए।
बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल हुँदैछ।