Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पनि बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पनि बस्ने

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको कारण बुधबार फेरि बस्ने गरी बैठक स्थगित भएको हो ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।

बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशन तयारी, उमेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिलगायत विषयमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077