Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन भदौ २४ देखि २६ गतेसम्ममा गर्ने प्रस्ताव

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन भदौ २४ देखि २६ गतेसम्ममा गर्ने प्रस्ताव

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ नियमित महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सभापति थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । 

भदौ २४ गते बीपी जन्मजयन्तीको अवसर पारेर १५औँ नियमित महाधिवेशन उद्घाटन गर्नेगरी केन्द्रीय कार्यसमितिले भदौ अन्तिम साताका लागि कार्यतालिका तय गरेको हो । 

जसका लागि क्रियाशील सदस्यता वितरण र २१ चैतदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने तयारी छ ।१ वैशाखदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने, प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्नेछ ।

जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाइसक्नुपर्ने छ भने १५ असारसम्म केन्द्रले  सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने तयारी कांग्रेसको छ ।

गत पुस २७-३० मा काठमाडौंमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन भएको थियो । सो महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो ।

लगत्तै १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विशेष महाधिवेशन विधानविपरीत आयोजना गरिएको भन्दै आयोग पुगेको थियो । आयोगले दुवै तर्फबाट प्राप्त कागजात, पार्टीको विधान तथा ऐन–कानुनको अध्ययनपछि थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको थियो ।

यस्तो छ कार्यतालिका-

१. वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने

२. असार १५ गते केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्न।

३. असार मसान्तमा क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने

४. गाउँ, नगर वडा अधिवेशन- साउन ६ गते


५. गाउँ/नगरपालिका अधिवेशन- साउन १२ गते

६. प्रदेश सभा क्षेत्र अधिवेशन- साउन २३ गते

७. प्रतिनिधि सभा क्षेत्र अधिवेशन- साउन ३० गते

८. जिल्ला अधिवेशन- भदौ ६ र ७ गते

९. प्रदेश अधिवेशन- भदौ १५ र १६ गते

१०. केन्द्रीय महाधिवेशन- भदौ २४ देखि २६ गतेसम्म

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077