काठमाडौं । नेपाल प्रहरीका नायव निरीक्षक (सई) नन्दलाल चौधरी मकालु हिमाल आरोहण गर्ने भएका छन् ।
मकालु हिमाल चढ्ने तयारीमा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत सई चौधरीलाई नेपाल प्रहरीको तर्फबाट आईजीपी दानबहादुर कार्कीले सम्मानसहित बिदाइ गरेका हुन् ।
आईजीपी कार्कीले सई चौधरीलाई राष्ट्रिय झण्डा तथा नेपाल प्रहरीको झण्डा हस्तान्तरण गर्दै सफल आरोहणका लागि शुभकामना दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी कार्कीले प्रहरी संगठन केवल शान्ति सुरक्षा कायम गर्ने निकाय मात्र नभई साहस, समर्पण र राष्ट्रप्रतिको गौरव अभिवृद्धि गर्ने संस्थाको रूपमा समेत स्थापित हुँदै गएको उल्लेख गरे।
उनले चौधरीको मकालु आरोहणले नेपाल प्रहरीको अन्तर्राष्ट्रिय छवि अझ उचो बनाउने विश्वास व्यक्त गरे।