Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने रिटमाथि आज पनि निरन्तर सुनुवाइ गर्न लागेको हो ।

सर्वोच्चमा सुनुवाइका क्रममा रहेको उक्त मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको थियो। सोमबार सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो।

यसअघि चार दिन लगातार सुनुवाइ भएको थियो। सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए। रिट निवेदकको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेपछि त्यसलाई बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077