Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापति थापा पनि सहभागी हुने

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापति थापा पनि सहभागी हुने

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिको उपस्थिति रहने का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

निर्वाचनको समीक्षा गर्न बोलाइएको बैठकमा सभापति गगन थापाले अध्यक्षता गर्दैछन् । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।

बैठकले सभापति थापाले पेस गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको थियो ।

मंगलबार बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने नेताहरूले बताएका छन् । बैठकमा सभापति थापा पनि उपस्थित हुनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077