Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय दलको नेता छान्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

संसदीय दलको नेता छान्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

सोमवार , चैत्र ९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी प्रवक्ता मनीष झाका अनुसार बैठक चैत १२ गते दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा संसदीय दलको नेता चयनको विषय मुख्य एजेन्डाका रूपमा रहने जनाइएको छ। रास्वपा नवनिर्वाचित प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेपछि अब संसदीय नेतृत्व चयनलाई लिएर पार्टीभित्र सक्रिय छलफल सुरु भएको हो।

रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेताका रूपमा चयन गर्ने तयारी गरेको छ । 

निर्धारित कार्यतालिका अनुसार चैत १२ गते नै नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ भने चैत १३ गते शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077