Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल लाईफसहित ८ बीमा कम्पनी कारबाहीमा, ६ वटालाई नगद जरिवाना

नेपाल लाईफसहित ८ बीमा कम्पनी कारबाहीमा, ६ वटालाई नगद जरिवाना

सोमवार , चैत्र ९, २०८२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आठ वटा बीमा कम्पनीहरूलाई कारबाही गरेको छ । 

बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने तथा बीमा ऐनले निर्दिष्ट गरेका कानूनी व्यवस्थाहरू बमोजिम काम नगर्ने ती कम्पनीलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ । 

यसरी कारबाही पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी छन् । 

यस्तै, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने वा निर्देशन दिने प्रकृतिको कारबाही गरिएको छ । 

त्यसैगरी, एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई भने नियम विपरीत कार्य गरेको पाइएकाले तीन महिनाको अवधिका लागि निलम्बन गरिएको छ ।

यी दुईबाहेक कारबाहीमा परेका अन्य बाँकी बीमा कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनको व्यवस्थाअनुसार २ लाख रुपैयाँका दरले जरिवाना गरिएको जानकारी प्राधिकरणले दिएको छ ।

बीमा ऐनको दफा १३८ को उपदफा ४ मा प्राधिकरणले जारी गरेको निर्देशन विपरीत कुनै पनि कार्य गरेमा सम्बन्धित निकायलाई २ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । 

पहिलोपटक निर्देशन उल्लङ्घन गर्नेका लागि दुई लाख रुपैयाँ, दोस्रो पटक सोही गल्ती दोहोर्‍याएमा पच्चीस लाख रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक गल्ती गरेमा प्रत्येक पटकका लागि ५० लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । 

पहिलो पटकका लागि प्राधिकरणले सो बराबरको जरिवाना गरेको जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077