Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

सोमवार , चैत्र ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीले आगामी चैत १० गते मंगलबार दिउँसो १ बजे बैठक बस्ने जनाएको हो ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने उक्त बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाले सोमबार जारी गरेको सूचनामा बैठकको औपचारिक जानकारी दिँदै सबै सम्बन्धित पदाधिकारीलाई समयमै उपस्थित हुन निर्देशन दिएका छन् ।

पछिल्लो राजनीतिक परिस्थितिका बीच बस्न लागेको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077