Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति थापाको राजीनामा कांग्रेसले गर्‍यो अस्वीकार

सभापति थापाको राजीनामा कांग्रेसले गर्‍यो अस्वीकार

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकार गरेको छ।

पार्टी केन्द्रीय कार्यसमितिको सानेपास्थित केन्द्रीय कार्यालयमा दुई दिनसम्म बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणामको नैतिक जिम्मेवारी लिँदै थापाले दिएको राजीनामा सर्वसम्मत रूपमा अस्वीकार गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता देवराज चालिसेले आइतबार जारी गरेको विज्ञप्तिमा सभापति थापाले फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामप्रति नैतिक जिम्मेवारी वहन गर्दै उपसभापति समक्ष विधानको धारा २६ (१) बमोजिम पेश गरेको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकार गरेको उल्लेख गरिएको छ।

निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेको भन्दै थापाले सभापति पदबाट राजीनामा दिएका थिए। तर, पार्टीभित्रको छलफलपछि नेतृत्व निरन्तरता आवश्यक रहेको निष्कर्ष निकाल्दै केन्द्रीय कार्यसमितिले उनको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो।

उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए। उक्त प्रस्तावमा व्यापक समर्थन जुटेपछि बैठकले सर्वसम्मत रूपमा पारित गरेको बताइएको छ। यद्यपि शनिबार नै बैठकबाट राजीनामा अस्वीकार गर्ने सहमति बनेको भए पनि औपचारिक निर्णय भने आइतबार सार्वजनिक गरिएको हो।

यस निर्णयसँगै गगनकुमार थापा नेपाली कांग्रेसको सभापति पदमै निरन्तर रहने भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077