Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा समूहले छुट्टै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने

देउवा समूहले छुट्टै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्य समितिको बैठक बोलाउने भएको छ।

आइतबार धुम्बाराहीस्थित एक होटलमा बसेको देउवा समूहका केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरूबीचको परामर्श बैठकले केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरेको हो।

चुनावी समीक्षा र पार्टीको आगामी कार्यनीतिको बारेमा छलफल गर्न बैठक बोलाउन लागिएको विश्वकर्माले जानकारी दिए।

उनले भने- 'आज कार्यबहाक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा कार्यसम्पादन समितिमा रहेका साथीहरूसँग परामर्श बैठक बस्यो। परामर्श बैठकले चुनावी समीक्षा र भावी कार्यनीतिकाबारेमा छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरेको छ।'

नेता मीन विश्वकर्माकाअनुसार बैठक बोलाउने जिम्मेवारी कार्यवहाक सभापति पूर्णबहादुर खड्का र  डा.शेखर कोइरालासहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन समितिका शीर्ष नेताहरूलाई दिएको छ। बैठक कहिले बोलाउने भन्ने निष्कर्ष निस्किएको छैन।

निर्वाचनमा कांग्रेसले लज्जास्पद हार व्यहोरेपछि विशेष महाधिवेशन अघिको संस्थापन पक्ष (देउवा पक्ष)ले थप सक्रियता बढाएको छ ।

तत्कालीन सभापति शेरबहादुर देउवालाई पन्छाएर गगन थापा र विश्वप्रकाश शर्मा लगायतले विशेष महाधिवेशनपछि नयाँ नेतृत्वसहित कांग्रेस निर्वाचनमा होमिएको थियो ।

विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा बनेको नयाँ समितिलाई देउवा समूहले नमान्ने भन्दै अदालतमा गएको थियो। यद्यपी निर्वाचन आयोगले भने थापाको नेतृत्वलाई पार्टीको आधिकारिकता दिएको थियो। 

त्यसपछि अधिकांश नेताहरु थापाकै हस्ताक्षरको टिकट लिएर निर्वाचनमा गएका थिए । तर निर्वाचनको मुखमा विशेष महाधिवेशन भएका कारण पार्टीमा तिक्तता बढेको र पराजय भोग्नुपरेको देउवा पक्षको निष्कर्ष रहेको छ ।

यता नेपाली कांग्रेसको वर्तमान संस्थापन समूहको केन्द्रीय समिति बैठक शुक्रबारबाट केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । 

बैठकमा निर्वाचनमा लज्जास्पद हार ब्यहोरेपछि सभापतिबाट थापा दिएको राजीनामा र चुनावी समीक्षाबारे छलफल भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077