Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुरमा एक इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु, ४ जना घाइते

ललितपुरमा एक इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु, ४ जना घाइते

आइतवार , चैत्र ८, २०८२

ललितपुर । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । 

 मृत्यु हुनेमा रुकुमकी ५५ वर्षीय तिल्सरी खड्का रहेकी छन् । 

आज बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने पर्खाल भत्किएको थियो । सोहि क्रममा पाँच जना घाइते भएका थिए । 

त्यसमध्ये गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

घाइते भएकी रुकुम घर भई सोही इँट्टाभट्टामा काम गर्ने २७ वर्षीय जानकी चन्द, सल्यानकी २७ वर्षीय शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीय नन्दकुमारी मगर र दाङकी १९ वर्षीय सुमा कुमालको भने उपचार भइरहेको प्रहरीले जनाएको छ  । 

जसमध्ये गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । 

हाल प्रहरी वृत्त सातदोबाटोबाट खटिएका प्रहरी टोलीले उद्धारको काम गरिरहेको  छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077