Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा इँटाभट्टाको पर्खाल भत्किँदा तीन जनाको मृत्यु, दुई घाइते

सर्लाहीमा इँटाभट्टाको पर्खाल भत्किँदा तीन जनाको मृत्यु, दुई घाइते

शुक्रवार , जेठ १, २०८३

जनकपुरधाम । सर्लाहीमा इँटा भट्टामा इँटा निकाल्ने क्रममा पर्खाल खस्दा तीन जनाको मृत्यु भएको छ। 

शुक्रबार साँझ करिब ६ बजेतिर जिल्लाको हरिपुर नगरपालिका ५ मजुर्वास्थित रहेको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा इँटा र माटोले पुरिएर घाइते भएका थिए ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोलीले तत्काल घाइतेहरूको उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा सर्लाही पठाएको थियो ।

उपचारका लागि अस्पताल पुर्‍याइएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृत्यु हुनेहरूमा सर्लाहीको गौडेता नगरपालिका–७ रामवन बस्ने ५० वर्षीय फिताई मन्सुर, गौडेता नगरपालिका–९ बस्ने ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुर बस्ने ३५ वर्षीय अंगद कुमार रहेका छन् ।

यस्तै, मलंगवा नगरपालिका ७ बस्ने ३२ वर्षीय तुलसी महतो, ५२ वर्षीय सत्य नारायण महतो घाइते भएका छन्।

दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएका छन्। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077