Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

नेपाली कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

शनिवार , चैत्र ७, २०८२

काठमाडौं ।  नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूको  सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शुभकामना सन्देश जारी गरी नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश भएको बताएका छन् ।

‘नेपालमा विभिन्न जातजातिका आ-आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्वहरू छन् । यही विविधताबिचको एकता नेपालीको विशिष्ट पहिचान हो । यी प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । त्यसमध्ये ईद उल फित्र पनि एक हो । ईद उल फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छ, यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा प्रदान गरेको छ,' शुभकामना सन्देशमा भनिएको छ ।

ईद उल फित्र पर्वले आपसी भाइचारा, सहिष्णुता, क्षमा, दया र मानवताको भावना अभिवृद्धि गर्दै समाजमा मेलमिलाप र सद्भाव सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको कांग्रेसले जनाएको छ । 

उक्त पवित्र पर्वले सम्पूर्ण नेपालीहरूबिच आपसी एकता, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै राष्ट्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न प्रेरणा प्रदान गरोस् भन्ने विश्वास कांग्रेसले लिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077