Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस् : कांग्रेस

ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस् : कांग्रेस

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । नेपाली कांग्रेसले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व ईद-उल-फित्र का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेको छ ।

शनिबार जारी विज्ञप्तिमा कांग्रेसले ईद पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता, सद्भाव र आपसी मेलमिलापलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले भरिएको देश भएको उल्लेख गर्दै पार्टीले विविधता बीचको एकता नै नेपाली समाजको विशिष्ट पहिचान भएको जनाएको छ। यहाँका हरेक धर्म, संस्कृति र परम्पराप्रति पारस्परिक सम्मान गर्ने अभ्यासले सामाजिक सद्भावलाई बलियो बनाएको कांग्रेसको धारणा छ।

विज्ञप्तिमा ईद पर्वले भाइचारा, सहिष्णुता, क्षमा, दया र मानवताको भावनालाई अझ प्रवर्द्धन गर्ने उल्लेख गर्दै यसले समाजमा आपसी विश्वास र सहकार्य बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको जनाइएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा यस पर्वले सम्पूर्ण नेपालीबीच एकता, शान्ति र स्थिरता कायम गर्न प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ। साथै, सामाजिक मेलमिलाप र राष्ट्रिय समृद्धिका लागि यस्ता पर्वहरूको महत्वपूर्ण योगदान रहनेमा जोड दिइएको छ।

कांग्रेसले यस पावन अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा ‘ईद मुबारक’ व्यक्त गर्दै पर्वले देशभर आपसी सद्भाव र सहकार्यलाई अझ प्रगाढ बनाओस् भन्ने कामना गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077