काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजलाई स्थगित भएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५ जना केन्द्रीय सदस्यले धारणा राखेपछि आजका लागि बैठक स्थगित भएको हो ।
आजको बैठकमा २५ जनाले आफ्नो धारणा राखेका थिए । पार्टी कार्यालय सानेपामा शुक्रबार दिउँसो २ बजे सुरु भएको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत प्रस्ताव पेस गरेका थिए।
तर सिंगो केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाको राजीनामा प्रस्तावको विपक्षमा उभिएको छ । औपचारिक निर्णय अर्को बैठकले गर्नेछ ।
शुक्रबार बसेको बैठकमा धारणा राख्ने सबैले नैतिकताका आधारमा आएको राजीनामा अस्वीकार गर्ने धारणा राखेका छन् । आइतबार बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको छ ।