Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विकल पौडेलविरुद्ध अख्तियार सर्वोच्च पुग्यो, ४० करोड भ्रष्टाचार मुद्दामा पुनरावेदन

विकल पौडेलविरुद्ध अख्तियार सर्वोच्च पुग्यो, ४० करोड भ्रष्टाचार मुद्दामा पुनरावेदन

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्धको बहुचर्चित भ्रष्टाचार मुद्दा फेरि न्यायिक बहसको केन्द्रमा पुगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत मा पुनरावेदन दर्ता गरेको हो ।

आयोगका अनुसार सुरक्षण प्रेसका लागि सफ्टवेयर तथा अन्य उपकरण खरिद प्रक्रियामा ठूलो आर्थिक अनियमितता भएको ठहर गरिएको छ। उक्त खरिदमा ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ हिनामिना भएको आरोप पौडेलसहितका प्रतिवादीमाथि लगाइएको छ।

यसअघि आयोगले बराबर बिगो कायम गर्दै कैद सजाय, जरिवाना तथा बिगो असुलउपरको मागसहित विशेष अदालत मा मुद्दा दायर गरेको थियो। तर, विशेष अदालतले २०८२ वैशाख २१ मा गरेको फैसलाबाट पौडेललाई आंशिक सफाइ दिएको थियो।

उक्त निर्णयप्रति असन्तुष्ट हुँदै आयोगले चैत ५ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अब यो मुद्दामा अन्तिम निर्णय सर्वोच्चबाट हुनेछ।

सुरक्षण प्रेस खरिद प्रकरण लामो समयदेखि चर्चामा रहँदै आएको विषय हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077