Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीले पिएलाई प्रकृति संरक्षण कोषमा नियुक्ति दिनु वन्यजन्तुहरूमाथि समेत अन्याय हो : रक्षा बम

प्रधानमन्त्रीले पिएलाई प्रकृति संरक्षण कोषमा नियुक्ति दिनु वन्यजन्तुहरूमाथि समेत अन्याय हो : रक्षा बम

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं । जेनजी अगुवा रक्षा बमले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरिएको विषयमा गम्भीर आपत्ति जनाएकी छन् ।

सामाजिक सञ्जालमार्फत बमले प्रकृति संरक्षण, जैविक विविधता जोगाउने तथा समस्यामूलक वन्यजन्तुको व्यवस्थापन गर्ने जस्ता संवेदनशील जिम्मेवारी बोकेको संस्थामा विज्ञता र अनुभव भएको व्यक्तिलाई मात्रै नेतृत्व दिनुपर्ने बताएकी हुन् ।

उनका अनुसार यस्तो संवेदनशील संस्थामा गैर–विज्ञ व्यक्तिलाई भावनात्मकता र कृपावादका आधारमा नियुक्त गर्नुले वन्यजन्तु संरक्षण र समग्र प्रणालीमै नकारात्मक असर पार्न सक्छ।

‘कुनै विज्ञता बिना नै प्रधानमन्त्रीले भावनात्मकता र कृपावादका आधारमा आफ्नो मान्छे नियुक्त गर्दा समस्यामूलक वन्यजन्तुहरूमाथि समेत अन्याय हुन सक्छ,’ उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी छन्।

बमले प्रधानमन्त्री संरक्षक रहने उक्त संस्थामा योग्यता र विज्ञताको आधारमा मात्रै नियुक्ति हुनुपर्ने स्पष्ट धारणा राखिन्।

सरकारप्रति अहिलेसम्म सकारात्मक समर्थन रहेको उल्लेख गर्दै उनले सरकारका सबै निर्णयहरू समर्थनयोग्य नहुने पनि बताइन्। ‘राज्यका संस्थाहरू भावना र आफ्नोपनका आधारमा होइन, योग्यता र दक्षताका आधारमा सञ्चालन हुनुपर्छ,’ उनले भनिन्।

उनले प्रधानमन्त्रीका स्वकीय सचिवको भूमिका सरकारको सफलतामा महत्वपूर्ण हुने भए पनि अन्तिम समयमा आएर पदमुखी देखिनु अस्वाभाविक भएको टिप्पणी गरिन्।

बमका अनुसार सम्बन्धित व्यक्तिले नैतिकताको आधारमा उक्त नियुक्ति अस्वीकार गर्नुपर्ने थियो। त्यसो गर्दा सरकारको छविमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

‘सरकार सफल हुनमा प्रधानमन्त्रीका स्वकीयको पनि मुख्य भूमिका हुन्छ। तर यत्रो सफलता हासिल गरिसकेको प्रधानमन्त्रीको स्वकीय जस्तो गौरवमय पदमा ऐतिहासिक काम गरिसक्नुभएका व्यक्तिले अन्त्यतिर आएर पदमुखी हुनु अस्वाभाविक देखिन्छ,’ उनले लेखेकी छन्।

उनले सरकारको उपलब्धिमा कुनै दाग लाग्न नदिन सम्बन्धित व्यक्तिले जिम्मेवार निर्णय लिनुपर्नेमा जोड दिँदै नियुक्ति अस्वीकार गर्नु नै नैतिक जिम्मेवारी हुने उल्लेख गरेकी छन्।

‘उहाँले नैतिक रूपमा यो नियुक्ति अस्वीकार गरेर देश र प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्थ्यो। यसले उहाँको सफलतामा अझ सुगन्ध थप्थ्यो,’ बमले भनिन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077