काठमाडौं । रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आजदेखि अभिमुखीकरण तालिम दिँदैछ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारेमा जानकारी गराइने छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छ बुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन्।