Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा सांसदलाई 'फाइभ स्टार' होटलमा प्रशिक्षण, हलभित्र मोबाइल निषेध

रास्वपा सांसदलाई 'फाइभ स्टार' होटलमा प्रशिक्षण, हलभित्र मोबाइल निषेध

सोमवार , चैत्र २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीले आगामी चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रम आयोजना गर्ने तय गरेको हो।

कार्यक्रममा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार अभिमुखीकरण कार्यक्रम पूर्ण रूपमा आवासीय हुनेछ। कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, विधायन प्रक्रिया तथा पार्टीको नीति र कार्यदिशाबारे प्रशिक्षण दिइनेछ।

कार्यक्रमलाई प्रभावकारी र अनुशासित बनाउन रास्वपाले केही कडा नियमसमेत लागू गरेको छ। हलभित्र मोबाइल फोन प्रयोगमा पूर्ण प्रतिबन्धलगाइएको छ भने कार्यक्रम अवधिभर सांसदहरूले परिवारका सदस्य, साथीभाइ वा अन्य पाहुनासँग होटलमा भेट्न नपाउने व्यवस्था गरिएको छ।

सांसदहरूका लागि पार्टीले खाना र आवासको व्यवस्था गर्नेछ। तर उनीहरूसँग आउने सवारी चालक वा सहयोगीहरूको बसोबास र भोजनको व्यवस्थापन भने सांसद स्वयंले गर्नुपर्ने पार्टीले स्पष्ट गरेको छ। चालकहरूलाई अन्य होटल वा स्थानमा व्यवस्थापन गर्न आग्रह गरिएको छ।

अभिमुखीकरणमा सहभागी हुने सांसदहरूलाई ‘बिजनेस क्याजुअल’ पोसाक अनिवार्य गरिएको छ। कार्यक्रम चैत ३ गते बिहान १० बजेदेखि सुरु हुने पार्टीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077