Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको ओडिशा राज्यस्थित एक अस्पतालमा भीषण आगलागी,  १० बिरामीको मृत्यु

भारतको ओडिशा राज्यस्थित एक अस्पतालमा भीषण आगलागी,  १० बिरामीको मृत्यु

सोमवार , चैत्र २, २०८२

एजेन्सी । भारतको ओडिशा राज्यस्थित कटक शहरको एससीबी मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयू)मा भीषण आगलागी हुँदा कम्तीमा १० बिरामीको मृत्यु भएको छ।

भारतीय मिडिया आजतकका अनुसार बिहान करिब साढे दुईदेखि तीन बजेको बीचमा अस्पतालको सघन उपचार कक्षमा आगो लागेको थियो। 

आगो पहिले मेडिसिन डिपार्टमेन्टस्थित ट्रमा सेन्टरमा लागेको र पछि आईसीयूमा फैलिएको थियो ।

घटनापछि दमकल, प्रहरी र चिकित्सालयका कर्मचारीले मिलेर आगो नियन्त्रणमा लिएका थिए।

आगलागीपछि गम्भीर अवस्थाका बिरामीहरूलाई अन्य कक्षमा सार्ने क्रममा  अस्पतालका ११ कर्मचारी घाइते भएका छन् ।

प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताइएको छ। 

घटनापछि राज्यका मुख्यमन्त्री मोहनचरण माझी र स्वास्थ्य मन्त्री मुकेश महालिङ अस्पताल पुगेका थिए। 

सरकारले मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077