Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आदर्श श्रेष्ठको नियुक्तिविरुद्ध रक्षा बमको विरोध, भनिन् - रगतले रंगिएको कुर्सीले उचाइ दिँदैन

आदर्श श्रेष्ठको नियुक्तिविरुद्ध रक्षा बमको विरोध, भनिन् - रगतले रंगिएको कुर्सीले उचाइ दिँदैन

सोमवार , चैत्र २, २०८२

काठमाडौं । सरकारले सार्वजनिक गरेको पछिल्लो निर्णयप्रति जेनजी फ्रन्टकी संयोजक रक्षा बमले कडा आपत्ति जनाएकी छन् ।

विशेषगरी प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनित गर्ने निर्णयप्रति उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले उक्त निर्णय सुशासनको माग गर्दै सडकमा भएको आन्दोलनको भावना विपरीत भएको टिप्पणी गरेकी छन्।

उनका अनुसार सरकारका उच्च पदाधिकारीहरूले आफ्ना निकट व्यक्तिहरूलाई महत्वपूर्ण पदमा नियुक्त गर्ने प्रवृत्तिले जनतामा निराशा बढाउने खतरा हुन्छ ।

बमले जेनजी आन्दोलनका क्रममा सडकमा भएको बलिदानको स्मरण गर्दै सरकारलाई चेतावनीपूर्ण सन्देश दिएकी छन्।

'सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए। केका लागि थाहा छ ? यो देशले बिस्तारै भए पनि सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि,' उनले लेखेकी छन्।

उनले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना निकट व्यक्तिहरूलाई परिषद्, विभाग वा समितिका पदहरू ‘बिदाइ उपहार’ जस्तै गरी बाँडफाँड गर्ने प्रवृत्ति त्याग्नुपर्ने पनि बताएकी छन्।

बमले सरकारलाई चेतावनी दिँदै भनिन्, 'होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ। सडकले रगत भुलेको छैन, र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन।'

सन्देशको अन्त्यमा उनले आफूलाई “जेनजी आन्दोलनको एक सम्भावित मृतकको तर्फबाट” भन्दै हस्ताक्षरसमेत गरेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077