Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पितृशोकमा रहेका ओली र परिवारलाई समवेदना दिन प्रधानमन्त्री कार्की श्रीमानसहित गुण्डुमा

पितृशोकमा रहेका ओली र परिवारलाई समवेदना दिन प्रधानमन्त्री कार्की श्रीमानसहित गुण्डुमा

आइतवार , चैत्र १, २०८२

काठमाडौं ।  पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की ओलीको निवास गुण्डु पुगेकी छन् ।

पिताको निधनपछि शोकमा रहेका ओली र उनको परिवारलाई समवेदना दिन प्रधानमन्त्री कार्की श्रीमान दुर्गा सुवेदी सहित ओली निवास पुगेकी हुन् ।

ओली पिता मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।

अहिले ओली गुन्डुमै पिताको काजकिरिया गरिरहेका छन् । उनी शनिबार एमालेको सचिवालय बैठकमा पनि सहभागी भए ।

तर उक्त बैठकको अध्यक्ष उपाध्यक्ष रामबहादुर थापा बादलले गरेका थिए। बैठकले एमालेबाट १६ जना समानुपातिक सांसद चयन गरिएको छ।

यसअघि नेकपा अध्यक्ष ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको गुन्डु पुगेकी थिइन् ।

भक्तपुरको बालकोटमा बस्दै आएका ओली जेनजी आन्दोलनपछि भक्तपुरकै गुण्डुमा बस्दै आइरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077