पोखरा । पूर्वमन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखराका ४३ वर्षीय विकास गुरुङ रहेका छन् ।
फागुन २५ गतेपोखरा– ९, पृथ्वीचोकस्थित सडकमा पुनसँगै उनको टोलीले ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा एकजना अपरिचित व्यक्ति आई अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए ।
पुस्तक बेचिरहेका पुनसँगै उनको टोलीलाई अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गर्दै थुथु भनेर थुकेका सामाजिक सञ्जालमा भाइरल भिडियोमा देख्न सकिन्छ ।
घटना विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान गरी खोजतलास गर्ने क्रममा गुरुङलाई बिहीबार पोखरा-९, महेन्द्रपुलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङ यसअघि तीनपटक लागुऔषध मुद्दामा सजाय पाइसकेको समेत प्रहरी अभिलेखबाट खुल्न आएको छ ।
पक्राउ परेका गुरुङमाथि प्रहरीले आवश्यक थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।