Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री गुरुङलाई सांसद पुनको सुझाव: कसैको दबाबमा नपरि अपराधिलाई कारबाही गर्नु

गृहमन्त्री गुरुङलाई सांसद पुनको सुझाव: कसैको दबाबमा नपरि अपराधिलाई कारबाही गर्नु

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाबमा नपर्न सुझाव दिएका छन् । 

आज प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् । 

उनले भने- 'पहिले गृहमन्त्रीले कसैलाई कारबाही गर्न खोजे पनि दलका प्रमुख नेताहरूको दबाबमा गृहमन्त्रीले पनि गर्न सक्दैन्थ्यो । त्यसैले गृहमन्त्रीले कसैको पनि दबाबमा नपरि आपराधिक कार्यमा संलग्नलाई कारबाही गर्नुपर्‍यो ।'

विगत पार्टी र पार्टी नेतृत्वको प्रभावकै कारण गृहमन्त्रीले प्रभावकारी काम कारबाही गर्न नसकेको उनको भनाइ थियो । 

साथै उनले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने सन्दर्भमा गृहमन्त्री गुरुङले थालेको अभियान प्रशंसनीय रहेको पनि बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077