Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजदेखि पाइने भयो आधा सिलिन्डर मात्रै ग्यास, मूल्य कति पर्छ ?

आजदेखि पाइने भयो आधा सिलिन्डर मात्रै ग्यास, मूल्य कति पर्छ ?

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । नेपाल आयल निगमले आजदेखि उपभोक्तालाई आधा सिलिण्डर मात्र एलपी ग्यास बिक्री गर्ने निर्णय गरेको छ । निगमले आधा सिलिण्डर ग्यासको मूल्य प्रतिगोटा ९५५ रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्तिमा हालको परिस्थितिलाई ध्यानमा राख्दै एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित गर्न यस्तो निर्णय गरिएको उल्लेख छ। सो निर्णय आजदेखि लागू हुने र अर्को निर्णय नभएसम्म जारी रहने निगमले स्पष्ट पारेको छ।

नयाँ व्यवस्थाअनुसार अब ग्यास सिलिण्डरमा ७।१ किलो एलपी ग्यास भरी आधा सिलिण्डरका रूपमा बिक्री वितरण गरिनेछ। निगमले आम उपभोक्तालाई सोहीअनुसार ग्यास खरिद गर्न आग्रह गरेको छ।

निगमका अनुसार मागअनुसार एलपी ग्यासको नियमित आयात तथा वितरण भइरहेको भए पनि पछिल्ला दुई–तीन महिनायता काठमाडौं उपत्यकामा ग्यासको माग असामान्य रूपमा बढेको छ।

यसैबीच मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको विश्वव्यापी आपूर्तिमा असर परेको निगमले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077