एजेन्सी । इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा बन्द गर्न अमेरिकालाई चेतावनी दिएका छन् ।
पदभार ग्रहण गरेपछि बिहीबार आफ्नो पहिलो वक्तव्य जारी गर्दै मोज्तबाले सो चेतावनी दिएका हुन् । त्यसमा उनले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा बन्द गर्न अमेरिकालाई चेतावनी दिँदै भनेका छन्, ‘नत्र आक्रमण जारी रहनेछ।’
मोज्तबाले अमेरिका र इजरायललाई इरानमा गरेको आक्रमणको क्षतिपूर्ति दिन पनि चेतावनी दिएका छन्।
इरानको सरकारी टीभीमा ठुलो स्वरमा पढिएको सन्देशमा खामेनीले भने, ‘वर्तमान परिस्थितिमा होर्मुज स्ट्रेट खोलिने छैन।’
अमेरिका, इजरायल र इरानबिचको युद्ध तीव्र हुँदै गएका बेला मोज्तबाको वक्तव्य आएको हो।