Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्बपति चौधरीले चुनाव हारेलगतै छोराले किन भेटे दलाई लामालाई ?

अर्बपति चौधरीले चुनाव हारेलगतै छोराले किन भेटे दलाई लामालाई ?

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत नवलपरासी पश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनालसँग लज्जास्पद पराजय भोगेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी विश्वकै १९८२औँ धनी व्यक्ति बनेका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍याङ्किङ अनुसार चौधरी कुल २ अर्ब १० करोड डलर सहित सो स्थानमा रहन सफल भएका हुन् ।

चौधरीले निर्वाचनमा पराजय भोगेपछि उनका छोरा वरुण चौधरीले तिब्बती धार्मिक नेता दलाई लामासँग भेटेको तस्बिर सार्वजनिक गरेका छन् । वरुणले फागुन २६ गते भारतको धर्मशालामा रहेका लामालाई भेट गरेको बताइएको छ ।

त्यसो त दलाई लामाका प्रतिनिधिलाई माघ २५ गते नेपाल आउँदा गरिएको स्वागतले ठुलो विवाद निम्त्याएको थियो ।

सुरक्षा निकायका उच्च व्यक्तिहरू समेत लामाका विश्वासपात्र जोनाङ ग्याल्साब रिम्पोछेले नेपालका उच्च पदस्थलाई भेटेकोमा चिन्तित देखिएका थिए ।

जेनजी आन्दोलनपछि चीन विरोधी गतिविधि बढ्ने चिन्ता चीनलाई रहेकोमा चुनाव हारेका काँग्रेस सभापति गगन थापा निकट विनोद चौधरीका छोराले नै भारतको धर्मशालामा पुगेर लामालाई भेट गरी के-को आर्शिबाद लिन पर्‍यो भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।

अर्कोतिर २३–२४ भदौको जेनजी आन्दोलन भड्काउने टिओबी (तिब्बती ओरिजिनल ब्लड) समूह निकट सुधन गुरुङ समेत रास्वपाको सांसद बनिसकेका छन् ।

गुरुङमाथि जेनजी आन्दोलन हाइज्याक गरेको आरोप लाग्दै आएको छ। उनै गुरुङ र चौधरीहरुले अब 'फ्री तिब्बत अभियान' बढाउने चिन्तासमेत बढेको विश्लेषकहरू बताउँछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077