Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विनोद चौधरी विश्वकै १९८२औँ धनी व्यक्ति, सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो

विनोद चौधरी विश्वकै १९८२औँ धनी व्यक्ति, सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । नेपालका एकमात्र अर्बपति विनोद चौधरी विश्वका धनी व्यक्तिहरूको सूचीमा १९८२औँ स्थानमा परेका छन्।

अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्व अर्बपति र्‍याङ्किङअनुसार चौधरीको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर पुगेको छ ।

गत वर्ष २०२५ मा चौधरी १७६३औँ स्थानमा रहेका थिए। त्यसबेला उनको सम्पत्ति करिब २ अर्ब डलर रहेको फोर्ब्सले जनाएको थियो। पछिल्लो एक वर्षमा उनको सम्पत्ति करिब १० करोड डलरले वृद्धि भएको उल्लेख गरिएको छ ।

फोर्ब्सका अनुसार चौधरी दक्षिण एसियामा भारतीय अर्बपतिहरू बाहेक अर्बपतिको सूचीमा पर्ने एकमात्र व्यक्ति हुन्। सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्तिले फोर्ब्सको अर्बपति सूचीमा स्थान बनाउन सकेका छैनन्।

यसअघि सन् २०१९ मा चौधरी १३४९औँ स्थानमा पुगेका थिए । फोर्ब्सको अर्बपति सूचीको शीर्ष स्थानमा अमेरिकी अर्बपति  एलन मक्स रहेका छन्। उनको कुल सम्पत्ति करिब ८३९ अर्ब डलर रहेको उल्लेख गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077