काठमाडौं । कुनै समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भित्रिया रहेका व्यक्ति समेत राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदमा निर्वाचित भएका छन् ।
बैतडीबाट निर्वाचित भएका हरिमोहन भण्डारी कुनै समय देउवाको निजी निवासमै बसेर काम गर्दथे । एक कांग्रेस नेताका अनुसार उनको जिम्मेवारी ‘भण्डारे’को थियो ।
देउवालाई विभिन्न व्यक्तिलाई दिन उपहारको व्यवस्थापन गर्ने जिम्मेवारी उनको थियो। देउवाका विश्वासपात्रका रुपमा उनल सो जिम्मेवारी पाएका थिए।
तिनै भण्डारी अहिले रास्वपा छिरेर सांसदमा निर्वाचित भएका हुन्। उनी २२ हजार १३४ मतसहित बैतडीबाट विजयी भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष समेत रहेका कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई उनले पराजित गरे। चन्दले १८ हजार १९४ मत पाए।
चन्द गगन थापा निकट नेता हुन् । भण्डारीले बैतडीमा शेरबहादुर देउवा निकटको समेत मत पाएर निर्वाचित भएको विश्लेषण गरिएको छ।
उनी हाल श्रममन्त्री रहेका नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीका सहोदर भाई समेत हुन्।