Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र डा.आरजु राणालाई छलफलका लागि झिकाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतले उक्त मुद्दामा दुवै पक्षलाई छलफलका लागि उपस्थित गराउन आदेश दिएको छ।

पूर्वप्रधानमन्त्री देउवाले आफूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउन आदेश दिएको हो।

अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने निर्णयअघि दुवै पक्षलाई छलफलका लागि उपस्थित गराउन आदेश दिएको छ। यसका लागि जेठ ११ गते पेसी तोकिएको छ।

सर्वोच्च अदालतले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा हालसम्म भएका सम्पूर्ण अनुसन्धानका कागजात र विवरण पनि झिकाउन आदेश दिएको छ।

यससँगै पक्राउ अनुमति प्रक्रिया कानुनी रूपमा वैध थियो वा थिएन भन्ने विषयमा अब सर्वोच्च अदालतमा विस्तृत बहस हुने भएको छ।

काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानका क्रममा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

देउवाले भने आफूहरू अनुसन्धानमा सहयोग गर्न तयार रहेको जनाउँदै पक्राउ पुर्जी कार्यान्वयन रोक्न अन्तरिम आदेश माग गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077