Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लज्जास्पद हार बेहोरेका एमाले उपाध्यक्ष विष्णु पौडेलको चुनाव खर्च २८ लाख

लज्जास्पद हार बेहोरेका एमाले उपाध्यक्ष विष्णु पौडेलको चुनाव खर्च २८ लाख

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । 

रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेलले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्।

उनले आयोगलाई बुझाएको विवरणमा २८ लाख सात हजार १०० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

सबैभन्दा धेरै इन्धनमा आठ लाख ९७ हजार बढी रकम खर्च भएको जनाएका छन् ।

त्यस्तै, छापा एवं विद्युतीय प्रचारप्रसारमा ८ लाख ३४ हजार, कार्यालय सञ्चालनमा २ लाख ६४ हजार, विविधमा २ लाख २२ हजार ३२५, छपाइमा १ लाख ९० हजार खर्च भएको उल्लेख छ।

त्यस्तै, एसएमएस १ लाख ७५ हजार, मतदाता नामावली खरिद ९८ हजार, गोष्ठी तथा कार्यकर्ता परिचालन ५५ हजार, अन्तर्क्रिया ४५ हजार र प्रतिनिधि परिचालनमा २६ हजार ५ सय गरी २८ लाख ७ हजार १ सय रुपैयाँ खर्च भएको निर्वाचन आयोगमा पेस गरेको विवरणमा उल्लेख छ। 

पौडेललाई उक्त क्षेत्र बाटै चुनाव लडेका रास्वपाका सुलभ खरेलले ४३ हजार ६८९ मतान्तरले पराजित गरेका थिए । खरेलले ५६ हजार ५५० मत ल्याउदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077