Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विष्णु पौडेल भन्छन् - पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ

विष्णु पौडेल भन्छन् - पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेकपा एमाले नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जलामार्फत उनले यति बेला एमालेको ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आइपुगेको बताएका हुन् ।

'हामी यती बेला हाम्रो पार्टी नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आइपुगेका छौँ,' उनले भने, 'पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा निति र कार्यक्रमहरू लाई बलियो, शसक्त, अनुशासित र गतिशिल संगठन मार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ।'

साथै उनले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी जिताउन आग्रह समेत गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077